काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीविरुद्ध नेपालले चौथो विकेट लिएको छ ।
सोमपाल कामीले नेपालका लागि चौथो सफलता दिलाएका हुन् । सोमपालले सीपी रिजवानलाई आउट गराएका हुन् ।
सीपीले ७ बलमा ७ रन बनाएका थिए । तेस्रो विकेटका रुपमा वृत्य अरबिन्द आउट भएका थिए ।
दोस्रो विकेटका रुपमा यस अघि आर्यन लाक्रा आउट भएका थिए ।
लाक्राले ७८ बलमा ५० रन बनाए ।
यूएईका कप्तान समेत रहेका ओपनर मुहम्मद वासिम ईनिङको दोस्रो बलमा नै आउट भएका थिए ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो ।
नेपालका लागि भिम सार्कीले ९९ बलमा ७० रन बनाए । भिमले ७ चौका प्रहार गरेका थिए । आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्लले ३२ रनमा आउट भए ।
सन्दीप लामिछानेले २७ रन बनाउँदा करण केसीले १७ रन बनाए ।
यूएईका लागि जुनेद सिद्धिकीले ३ तथा आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २/२ विकेट लिए ।
यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो ।
पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।
२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।
नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।
युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।