काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ ।
छैटौं विकेटका रुपमा सन्दीप लामिछाने आउट भएका छन् । सन्दीप कार्तिक मैयप्पनको बलमा आउट भएका हुन् ।
लामिछानेले ४० बलमा २७ रन बनाएका थिए ।
नेपालले अहिले ३१ ओभर ५ बलमा ६ विकेट गुमाएर १ सय २४ रन बनाएको छ ।
यस अघि नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल आउट भएका थिए ।
पौडेलले ५ बलमा १ रन बनाए । यस अघि नेपालका दुई ओपनर ज्ञानेन्द्र मल्ल र आसिफ शेख आउट भएका थिए ।
मल्ल २६ बलमा ११ रन बनाएर आउट भए ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो ।
आसिफले १४ बल खेलेर ६ रन बनाएर आउट भएका थिए ।
क्रिजमा भिम सार्की र आरिफ शेख रहेका छन् ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।
यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो ।
पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।
२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।
नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।
युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।
नेपालका ओपनर कुशल भुर्तेल ग्रोईन इन्जुरीका कारण यूएई विरुद्धको खेल भएका छन् । उनको स्थानमा प्रतिश जी.सीले मौका पाएका छन् ।
प्रतिशले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका थिए । उक्त खेलमा ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका थिए ।