काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा छनोट भईसकेको बहराईन साउदी अरेवियासँग पराजित भएको छ ।
बहराईनलाई पराजित गरि च्यालेन्जर कपको च्याम्पियन भए सँगै साउदीले नेपाल रहेको समूहमा आफ्नो स्थान बनाएको छ ।
आईतबार थाईल्यान्डमा भएको एसीसी च्यालेन्जर कपको फाइनलमा खेलमा बहराइन साउदी अरेवियासँग पराजित भएको हो ।
च्यालेन्जर कपको फाइनलमा स्थान बनाएका बहराईन र साउदी अरेविया एसीसी प्रिमियर कपका लागि छनोट भईसकेका छन् ।
टस जितेर पहिले बलिङ रोजेको साउदी अरेवियाले बहराईनलाई २१ ओभर १ बलमा २६ रनमा अलआउट गराउन सफल रहयो ।
बहराइनका कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जितको लागि २७ रनको विजयी लक्ष्य पछ्याएको साउदी अरेवियाले ४ ओभर १ बलमा कुनै विकेट नगुमाइ पूरा गर्दै च्याम्पियन बनेको छ।
एसीसी प्रिमियर कप आगामी अप्रिलमा नेपालमा आयोजना हुँदैछ ।
च्याम्पियन साउदी नेपाल रहेको समूहमा रहेको छ । प्रतियोगिता नेपाल रहेको समूह 'ए' मा नेपाल र साउदी अरेविया सहित कुवेत, युएई र कतार छन् ।
समूह 'बी' मा ओमान, हङकङ, सिंगापुर, मलेसिया र बहराइन छन् । दुई समूहका शीर्ष समान २/२ टोलीले सेमिफाइनल खेल्नेछन् ।
पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो ।
एकदिवसीय फर्म्याटमा आयोजना हुने प्रिमियर कपमा पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरु सम्मिलित एसिया कप खेल्न पाउनेछ ।
एसिया कप सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । तर भारत र पाकिस्तानका कारण प्रतियोगिता यूएईमा सर्ने सम्भावना छ ।
प्रिमियर कपको विजेताले समूह 'ए' मा हुने भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
एसिया कपको समूह 'बी' मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।
प्रिमियर कपको शीर्ष ३ मा रहने टोली भने इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछ ।