काठमाडौं । यूएईमा जारी रहेको त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेलमा घरेलु टोलीविरुद्ध बलिङ गरिरहेको पपुवा न्यु गिनी(पीएनजी)ले राम्रो बलिङ गरिरहेको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले बलिङ गरिरहेको पीएनजीले २२ ओभर १ बलको खेल सकिँदा ७ विकेट हात पार्दा यूएईले मात्र ८२ रन बनाएको छ ।
पीएनजीका लागि राएली हिरुकेले ३ तथा चाड सोपारले २ विकेट लिएका छन् ।
चाल्स अमिनीले १ विकेट आफ्नो नाम गरेका छन् ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पपुवा न्यु गिनीले टस जितेर बलिङ रोजेको थियो ।
युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।
पीएनजीको ३१ खेलमा ३ मा जित र २७ मा हारसहित ७ अंकका साथ पुछारमा रहेको छ ।