काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिज कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित सिरिजको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने जनाएको छ ।
सिरिज मार्च ९ देखि मार्च १६ सम्म कीर्तिपुरमा हुनेछ ।
नेपाली टोली हाल विश्वकप लिग टूको अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेल्न यूएईमा रहेको छ ।
टियु मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।