काठमाडौं । बहराईन तथा साउदी अरबले एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि छनोट भएका छन् ।
एसीसी प्रिमियर कप आगामी अप्रिलमा नेपालमा आयोजना हुदैछ ।
एसीया कपको छनोटको रुपमा रहेको सो प्रतियोगितामा नेपाल सहित यूएई, कुवेत, कतार, ओमान, हङकङ, सिंगापुर, मलेसिया यस अघि नै रहेका थिए ।
एसीसी च्यालेन्जर कपबाट छनोट भएर दुई टोली प्रिमियर कपमा सहभागी हुने नियम रहेको छ । सोहि अनुसार च्यालेन्जर कपको फाइनलमा स्थान बनाएका बहराईन र साउदी अरब छनोट भएका हुन् ।
शुक्रबार भएको सेमिफाइनलमा बहराईनले थाईल्याण्डलाई ७८ रनले तथा साउदी अरबले भुटानलाई ९ विकेटले पराजित गरेको थियो ।
पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो ।
एकदिवसीय फर्म्याटमा आयोजना हुने प्रिमियर कपमा पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरु सम्मिलित एसिया कप खेल्न पाउनेछ ।
प्रिमियर कपको शीर्ष ३ मा रहने टोली भने इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछ ।