काठमाडौं । दक्षिण अफ्रिकाले पहिलो पटक महिला टी-ट्वान्टी विश्वकपको उपाधी जित्न १ सय ५७ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि बेथ मुन्नीले ५३ बलमा ९ चौका र १ छक्काको सहयोगमा ७४ रन बनाईन् । एशले गार्डनिर २९ रनमा आउट हुँदा अस्लेसा हिल्लीले १८ रन बनाईन् ।
दक्षिण अफ्रिकाका लागि मरिजानी कप्पा र शबनिम स्मालीले समान २/२ विकेट लिईन् ।