काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले विदेश जान पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको पुनरावलोकनको निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।
आइतबार सन्दीपको रिटमाथि सुनुवाइ गर्ने तालिका भए पनि हेर्दाहेर्दैमा राखिएको हो ।
न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सुनुवाई नसकिएपछि मुद्धा हेर्दा हेर्दैमा राखेको हो । सन्दीपको मुद्धालाई अदालतले सोमबार पनि निरन्तरता दिनेछ ।
नाबालिग बलात्कार मुद्धाका आरोपित सन्दीपले आफुलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । उनलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै महान्याािधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो ।
नेपालले विश्वकप लिग टूको अन्तिम अन्तराष्ट्रिय सिरिज सोमबारबाट खेल्दैछ । नेपाली टिमले अन्तराष्ट्रिय सिरिज अन्तर्गत घरेलु टोली यूएई र पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ । सोही सिरिजमा सहभागी हुनका लागि सन्दीपले अदालतमा निवेदन दिएका थिए ।