काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा काठमाडौले १ सय ८४ रनको लक्ष्य पाएको छ ।
काठमाडौंका खेलाडी मैदानमा आउन ढिला गरे पछि खेल १७ ओभरमा छोट्याईएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनायो ।
लुम्बिनीका लागि हरमित सिंहले ३६ बलमा ७० रनको अर्धहतकीय ईनिङ खेले । उनले पहिलो विकेटका लागि लाहिरु मिलान्थासँग मिलेर ९८ रनको साझेदारी गरे ।
मिलान्थाले २९ बलमा २६ रन बनाएर आउट हँदा गुलसन झाले ११ बलमा २१ रन बनाए । ह्यारी टेक्टर ८ बलमा १७ रनमा आउट हुँदा अनिल शाह १६ रनमा अविजित रहे । कुशल भुर्तेल १५ रन बनाए ।
काठमाडौंका लागि अभिनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए ।
सात खेल खेलेर ४ जित तथा ३ हार हात पारेर ८ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।
आठ खेलमा सात जित हात पारेको लुम्बिनी १४ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यही संस्करणको पहिलो भेटमा लुम्बिनीले काठमाडौंलाई ३५ रनले हराएको थियो ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।