काठमाडौं । घरेलु टोली भारतले श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा जित निकालेको छ ।
वान्खडे स्टेडियममा मंगलबार राति भारतले श्रीलंकालाई २ रनले हराएको हो ।
जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ ।
भारतले दिएको १ सय ६३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा अलआउट हुँदै १ सय ६० रन मात्र बनाउन सक्यो ।
श्रीलंकाका कप्तान डसुन सनकाले ४५ रन जोड्दा कुशल मेन्डिसले २८ रन बनाए ।
चामिका करुनारत्नेले अविजित २३ रन जोडे भने वानिन्दु हसरंगा डी सिल्भाले २१ रन बनाए ।
भारतका शिवम माभीले ४ विकेट लिए । उम्रन मलिक र हर्सल पटेलले २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।
भारतका लागि दिपक हुडा ४१ रनमा अविजित रहँदा इशान किशन ३७ रनमा आउट भए । अक्षर पटेलले अविजित ३१ रन बनाउँदा सन्जु सामसन २९ रनमा आउट भए ।
पाहुना टोलीका लागि दिल्शान मधुशंका,महेश तिक्षणा,चमिका करुणारत्ने,धनन्जय डा शिल्भा र वानिन्दु हसरंगाले समान १/१ विकेट लिए ।