काठमाडौं । राजधानीमा जारी रहेको नेपाल टी-ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले जनकपुर रोयल्सलाई १ सय ७९ रनको लक्ष्य दिएको छ ।
लुम्बिनीले टस जितेर पहिले ब्याटिङ गरेकोमा १९ ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन मात्र बनायो ।
लुम्बिनीका लागि हरमित सिंह र लाहिरु मिलान्थाको बीचमा ७७ रनको ओपनिङ साझेदारी गरेका थिए ।
११.१ ओभरमा पहिलो विकेट गुमाएको लुम्बिनीका लागि हरमित सिंहले ४७ बलमा ७३ रनको अर्धशतकीय ईनिङ खेले । लाहिरु मिलान्था ३३ तथा ह्यारी टेक्टरले अविजित १८ रन बनाए ।
कुशल भुर्तेलले १७ रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐरीले १४ रन बनाए ।
जनकपुरका लागि सरफुदिन असरफले ३ तथा जितेन्द्र मुखिया,समिउल्लाह शिनवारी र ललित नारायण राजवंशीले समान १/१ विकेट लिए ।
लुम्बिनी सात खेलमा १२ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
जनकपुर सात खेलमा १० अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।