काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी नेपाल टी-ट्वान्टी लिगमा विवाद उत्पन्न भएको छ ।
पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा नेपाल टी-ट्वान्टीमा आज मंगलबार हुने खेलहरु अन्योलमा परेको छ ।
तालिका अनुसार मंगलबार बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीच खेल हुँदैछ ।
तर, दुबै टोलीका खेलाडीले टस नै गर्न मानेका छैनन् । टस बिहान ८:३० मा हुनुपर्ने थियो ।
दुबै टोलीले प्लेईङ-११ मा नाम दर्ता समेत गराएका छैनन् ।
फ्रेन्चाईज टोलीमा आबद्द खेलाडीले सहमति अनुसारको रकम नपाएपछि उनीहरु आन्दोलित भएका हुन् ।
खेलाडीले खेल अघि ४० प्रतिशत र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पारिश्रमिक रकम पाउनु पर्ने सहमति रहेको थियो ।
मंगलबार नै हुने दोस्रो खेलमा जनकपुर रोयल्स र लुम्बिनी अल स्टारबीच खेल हुने तालिका रहेको छ ।