काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको पहिलो संस्करणका अफगानिस्तानबाट दुई पटक यू १९ विश्वकप खेलेका नूर अहमदले फार वेस्ट युनाईटेडबाट डेब्यु गरेका छन् ।
जनकपुर रोयल्सविरुद्धको खेलमा उनले डेब्यु गरेका हुन् ।
फार वेस्टको टोलीमा श्रीलंका राष्ट्रिय टोलीका अलराउन्डर मिलान्डा शिरिवर्धनलाई पनि डेब्यू दिएको छ । मिलान्डाले स्पिन बलिङसँगै तल्लोक्रममा ब्याटिङ गर्दछन् ।
उनले श्रीलंका राष्ट्रिय टोलीबाट पाँच टेस्ट, २७ एकदिवसीय र २२ टी-ट्वान्टी खेलेका छन् ।
यस खेलमा फारवेस्टले टस जितेर फिल्डिङ रोजेको हो ।