काठमाडौं । सुर्य तामाङले ४ ओभरमा ८ रन दिएर २ विकेट लिएपछि विराटनगर सुपर किंग्सलाई लुम्बिनी अल स्टारले १ सय २३ रनको लक्ष्य दिएको छ ।
टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो।
लुम्बिनीका लागि कपतान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रनको अर्धशतकीय ईनिङ खेले । कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल शाह समान १३/१३ रनमा आउट भए ।
विराटनगरका लागि विवेक यादव,सुर्य तामाङ र नन्दन यादवले समान २/२ विकेट लिए । कियोन जोसेफ र राज नाननले समान १/१ विकेट लिए ।
छ खेल खेलेर पाँच जित हात पारेको लुम्बिनी छैठौं जितको खोजीमा रहेको छ । लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ ।
पाँच खेल खेलेर दुई जित हात पारेको विराटनगर तेस्रो जितको खोजीमा रहेको छ । विराटनगर ५ खेलमा ४ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
यही संस्करणको पहिलो भेटमा लुम्बिनीले विराटनगरलाई ३ रनले पराजित गरेको थियो ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।