काठमाडौं । रायन बर्ल र सुनाम गौतमको ८४ रनको साझेदारी पश्चात काठमाडौं नाईट्सले जनकपुर रोयल्सलाई १८१ रनको लक्ष्य दिएको छ ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो।
काठमाडौंका लागि सुनाम गौतमले ४७ बलमा ६२ रनको अर्धशतकिय ईनिङ खेले । रायन बर्लले ४० बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ६१ रनको अर्धशतकीय ईनिङ खेल्दा एलेक्स ब्लेक २० रनमा आउट भए ।
अजमतुल्लाह उमजाईले १० रन बनाउँदा लोकेश बम ७ रनमा अविजित रहे ।
कप्तान ज्ञानेन्द्र मल्ल भने यस लिगमा तेस्रो पटक डगआउट भए ।
जनकपुरका लागि जितेन्द्र मुखियाले २ तथा शरफुदिन असरफ र कप्तान ट्राभोन ग्रिफिथले समान १/१ विकेट लिए ।
पाँच खेलमा चार जित निकालेको जनकपुर आजको खेल सहज रुपले जितेर र्शीष स्थानमा उक्लिन चाहान्छ । जनकपुर ५ खेलमा ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
चार खेल खेलेर समान २/२ जित तथा हार हात पारेर ४ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।
यही संस्करणको पहिलो भेटमा काठमाडौंले जनकपुरलाई ५३ रनले हराएको थियो ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।