काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेलले अब आफुले रन हान्न मात्र बाँकी रहेको बताएका छन् ।
भुर्तेल राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा शनिबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा लुम्बिनी अल स्टारका लागि विकेटकिपरको भुमिकामा देखिएका थिए ।
टिमले दिएको हरेक जिम्मेवारीमा आफु बलियो रुपमा रहेपनि आफ्नो मुख्य मिहेनत रन बनाउनेमा रहे पनि त्यसमा आफु सफल हुन नसकेको बताएका छन् ।
'क्रिकेटमा धेरै गर्न बाँकी रहेको छ । जे आफुले सोचीरहेछु त्यो भने भईरहेको छैन अब रन हान्न नै बाँकी रहेको छ,' भुर्तेलले भने 'अरुमा म फोकस छैन मेरो फोकस केबल ब्याटिङमा मात्र हो ।अरु जे टिमलाई चाहिन्छ त्यसका लागि म तयार छु ।'
आफुले विकेटकिपर जिम्मेवारी बाध्यतापुर्वक लिनु परेको भुर्तेलले भने हाम्रो नियमित किपर लाहिरु ईन्जोर थियो अनिललाई अकस्मात हिजो घर जानु पर्यो । किपिङको विकल्पमा अरु कोही नहुँदा मैले यो जिम्मेवारी लिएको हुँ ।
लुम्बिनी अल स्टार लगातार पाँच खेलमा जितपछि शनिबारको खेलमा पोखरा एभेन्जर्ससँग ९ विकेटले पराजित भएको थियो । यस खेलमा ३०-३५ रन कम भएको भुर्तेलले बताए ।
'समग्र रुपमा भन्ने हो भने सुरुआत राम्रो पाएको थियो । हाम्रो जहिले पनि हेर्ने हो भने पावर प्लेपछि १५ ओभर सम्म हाम्रो ब्याटिङ मिलेको छैन ,'भुर्तेलले भने 'हाम्रो ३०-३५ रन कम भयो । त्यसैले १ सय २८ रन पूरा गर्न उनीहरुलाई सहज भयो । आसिफ शेखले पनि राम्रो खेल्यो। '