काठमाडौं । फर्ममा नभएको बेलामा आफुले हेलिकप्टर सट हाने पनि बल गुडेर जाने गरेको क्रिकेटर सिद्धान्त लोहनीले बताएका छन् ।
राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा शनिबार लुम्बिनी अल स्टारसँगको खेल पछि कुरा गर्दै सिद्धान्तले फर्म बाहिर हुँदा आफुलाई ब्याक गर्न धेरै मिहेनत गरेको बताए ।
'बीचको समयमा गाह्रो नै भयो । कति पटक प्रदर्शन राम्रो गर्दा समेत मौका पाईन । आफुमा परिवर्तन ल्याउन कति मिहेनत गरे तर सफतला पाईन त्यस पछि मलाई इन्जुरी भयो त्यसले एक डेढ बर्ष गाह्रो भयो ,' लोहनीले भने 'बीचमा म हेलिकप्टर हान्न खोज्थे तर बल गुडेर गईरहेको थियो । मैले टेनिस बल क्रिकेट पनि खेलिरहेको थिए त्यसले मलाई हिटिङमा सहयोग गर्यो । त्यही पुरानो लयको हिटिङ फिर्ता आएको आफुलाई फिल भईरहेको छ ।'
पछिल्लो समय आफुले फिटनेशमा ध्यान दिरहेको तथा अभ्यासमा लामो हिटको अभ्यास गरिरहेको तथा यस प्रतियोगिता अगाडी मुलपानी अभ्यासका लागि आफुहरुले राम्रो सुविधा सहित अभ्यास गरेकोले यहाँ राम्रो गर्न सकिरहेको उनले बताए ।
युवा अवस्थामा नै २०१५ मा राष्ट्रिय टोलीमा स्थान बनाएका लोहनी आफुले निरन्तर राम्रो प्रदर्शन गरे राष्ट्रिय टोलीको सम्भावना कायमै रहेको बताउछन् ।
'मैले कन्सिटेन्स रुपमा राम्रो प्रदर्शन गर्नु पर्यो । एउटा डूलो ड्रिम पनि रहेको छ कम ब्याक गर्ने त्यही सोचका साथ खेलिरहेको छु,' उनले बताए ।
नेपाल टी-ट्वान्टी लिगमा पाँच खेल लगातार हारेको लोहनी आबद्ध पोखरा एभेन्जर्सले पछिल्ला दुई लगातार जित हात पारेकोमा सबैको महत्वपुर्ण योगदानले यो मोमेन्टम पाउन सफल भएको लोहनीले बताए ।
'अगाडीको खेलहरु हामीले लुज गरेपनि टिमको माहोल भने राम्रो नै रहेको थियो ।किनकी हारेपनि हामीले कतै पनि खराब क्रिकेट खेलेका थिएनौ । सबै गेम क्लोज गई रहेको थियो लास्टमा आएर हारिरहेका थियौं । तर पनि टोलीमा एक अर्का प्रति रहेको विश्वास उस्तै रहेको थियो ,' लोहनीले भने 'आज पनि होल टिम सबैले राम्रो गरे सबैको योगदानका कारण आज जित्यौं र टिममा राम्रो माहोल रहेको छ ।'
आफु क्रिकेटको बेस्ट दिनमा रहेको बताउने उनको माईन्डमा मात्र छक्का हान्नु पर्छ भन्ने मात्र रहेको बताउदै उनी भन्छन् 'अहिले म क्रिकेटको बेस्ट डेज ईन्जोय गरिरहेको छु ; दिमागमा अरु केही राख्दिन मात्र छक्का कसरी हान्ने मात्र सोच्छु म सब्से बेसी छक्का हान्नुपर्छ भनेर यस प्रतियोगितामा आएको छु ।'
लोहनीले २०१५ को टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिताका लागि राष्ट्रिय टोलीबाट जर्सीविरुद्धको एक खेल खेलेका थिए ।जर्सीविरुद्धको सो खेलमा हेलिकप्टर सट हानेका सिद्धान्तको चर्चा एकाएक चुलिएको थियो ।