काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्सलाई १ सय ९० रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन बनायो ।
जनकपुरको लागि समिउल्लाह शिनवारीले सर्वाधिक रन बनाए । उनले ४० बलमा ६ चौका र ६ छक्काको सहयोगमा रनमा ७८ अविजित रहे । यस्तै चाल्डिक वाल्टनले २९ रन बनाए ।
यस्तै सन्दिप जोरा २० रन, ट्राभिन ग्रेफिथले १९ रन बनाए । खडक बोहोरा १२ रनमा अविजित रहे ।
यता विराटनगरको लागि हुसेन तलत र सूर्य तामाङले समान २/२ विकेट लिए । नन्दन यादवले १ विकेट लिए ।
यो खेलमा जित्ने टोली दोस्रो स्थानमा उक्लने छ ।
चार खेल खेलेर ३ जित हात पारेको जनकपुर चौथो जितको खोजीमा रहेको छ । जनकपुर ४ खेलमा ६ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
चार खेल खेलेर दुई जित हात पारेको विराटनगर तेस्रो जितको खोजीमा रहेको छ । विराटनगर ४ खेलमा २ अंकका साथ अंक तालिकाको चौतो स्थानमा रहेको छ ।
यही संस्करणको पहिलो भेटमा जनकपुर ६ विकेटले विजयी भएको थियो ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।