काठमाडौं । राजधानीमा जारी रहेको नेपाल टी-ट्वान्टी लिगमा लुम्बिनी अल स्टार र फर वेस्ट युनाईटेड बीचको खेल सुपर ओभरमा गएको छ ।
टियु मैदानमा फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्य २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाए पछि खेल सुपर ओभरमा गएको हो ।
लुम्बिनीका लागि गुलसन झाले अविजित ३६ तथा लाहिरु मिलन्था ३४ मा आउट भए । विपुल शर्मा ३१ रन बनाउँदा लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
फार वेस्टका लागि करण केसी र शेर मल्लले समान २/२ तथा उमर अलि,रशिद खान,कप्तान हजमतुल्लाह शाहिदी र भुवन कार्कीले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनाएको हो ।
फार वेस्टका देव खनाल ४८ रनमा आउट हँदा कप्तान हसमतुल्लाह शाहिदीले ३२ रन बनाए । करन केसीले अविजित १२ रन बनाउँदा भिम सार्की १५ मा आउट भए ।
हसिम अन्सारी र विनोद भण्डारी समान ११/११ रनमा आउट भए ।
लुम्बिनीका लागि शाड्ली भान शाल्बिकले २ तथा किशोर महतो,सागर ढकाल र हरमित सिंहले समान १/१ विकेट लिए।
फार वेस्ट यसै संस्कणको पहिलो भेटमा पनि लुम्बिनीसँगको खेलमा पराजित भएको थियो ।
यसै संस्करणको पहिलो भेटमा लुम्बिनीले फार वेस्टलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहको छ ।
लिगमा काठमाडौं नाईट्स,फार वेस्ट युनाईटेड,लुम्बिनी अल स्टार,पोखरा एभेन्जर्स,विराटनगर सुपर किग्सं र जनकपुर रोयल्स सहभागी रहेका छन् ।