काठमाडौं । राजधानीमा जारी रहेको नेपाल टी-ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाईटेडबाट १ सय ३८ रनको लक्ष्य पाएको छ ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनाएको हो ।
फार वेस्टका देव खनाल ४८ रनमा आउट हँदा कप्तान हसमतुल्लाह शाहिदीले ३२ रन बनाए । करन केसीले अविजित १२ रन बनाउँदा भिम सार्की १५ मा आउट भए ।
हसिम अन्सारी र विनोद भण्डारी समान ११/११ रनमा आउट भए ।
लुम्बिनीका लागि शाड्ली भान शाल्बिकले २ तथा किशोर महतो,सागर ढकाल र हरमित सिंहले समान १/१ विकेट लिए।
आजको खेल जितेर लुम्बिनी चौथो खेलमा समेत अपराजित रहन चाहान्छ । फार वेस्ट पहिलो भेटमा लुम्बिनीसँगको व्यहोरेको हारको बदला लिन चाहान्छ ।
यसै संस्करणको पहिलो भेटमा लुम्बिनीले फार वेस्टलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहको छ ।
लिगमा काठमाडौं नाईट्स,फार वेस्ट युनाईटेड,लुम्बिनी अल स्टार,पोखरा एभेन्जर्स,विराटनगर सुपर किग्सं र जनकपुर रोयल्स सहभागी रहेका छन् ।