काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले टस जितेर फिल्डिङको निर्णय गरेको छ ।
टियु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फार वेस्ट युनाईटेडविरुद्ध पहिले बलिङको निर्णय लिएका हुन् ।
लुम्बिनीले भारतीय विश्वकप विजेता कप्तान उन्मुक्त चन्दलाई प्लेईङ-११ मा राखेको छैन । चन्दको स्थानमा भारतका नै विपुल शर्माले मौका पाएका छन् ।
फार वेस्ट आज पनि दुई विदेशी खेलाडीको साथमा मैदान उत्रिएको छ ।
लुम्बिनीले यस लिगमा तीन खेलेर अपराजित टिम रहेको छ । उता, फार वेस्टले दुई खेल खेल्दा एक जित तथा एक हार व्यहोरेको छ ।
यसै संस्करणको पहिलो भेटमा लुम्बिनीले फार वेस्टलाई ६७ रनको पराकिलो अन्तरले पराजित गरेको थियो ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहको छ ।
लिगमा काठमाडौं नाईट्स,फार वेस्ट युनाईटेड,लुम्बिनी अल स्टार,पोखरा एभेन्जर्स,विराटनगर सुपर किग्सं र जनकपुर रोयल्स सहभागी रहेका छन् ।