काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगमा काठमाडौं नाइट्सले दोस्रो जित हात पारेको छ ।
टियु मैदानमा भएको खेलमा दोस्रो जित निकाल्ने क्रममा काठमाडौंले जनकपुर रोयल्सलाई ५३ रनले पराजित गरेको छ ।
काठमाडौंले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा अलआउट हुदै १ सय ५५ रन मात्र बनाउन सक्यो ।
जनकपुरका लागि समिउल्लाह सिनवारीले सर्वाधिक २९ रन बनाए । सन्दीप जोरा २६ रन तथा पवन सराफ २४ रनमा आउट भए । शरफुदिन असरफले १९ तथा आदिल आलमले १६ रन बनाए ।
काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले ३ तथा बसिर अहमदले २ विकेट लिए । कमल सिंह ऐरी,सुनाम गौतम,अनिल खरेल र अविनाश बोहोराले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्यटिङ रोजेको काठमाडौंले एलेक्स ब्लेकको सानदार ब्याटिङको सहयोगमा २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन बनायो ।
काठमाडौंका लागि ब्लेकले ४३ बलको सहयोगमा अविजित ८३ रनको अर्धशतकीय इनिङ खेले । उनले ४ चौका र ७ छक्का प्रहार गरे ।
यस्तै विरनदिप सिंहले ४९ तथा अज्मतुल्ला उमरजाइले १५ बलमा ४३ रनको अविजित पारि खेले लोकेस बम १५ रनमा आउट भए ।
यता जनकपुरका लागि पवन सराफले २, सोमपाल कामी, शरफुदिन असरफ, आदिल आलम र जितेन्द्र मुखियाले समान १र१ विकेट लिए ।
हारसँगै जनकपुर ३ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
जित पछि काठमाडौंको ३ खेलमा ४ अंक भएको छ । काठमाडौं अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।