काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको पहिलो संस्करणको आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी अल स्टारलाई जितका लागि रनको १ सय ३४ रनको लक्ष्य दिएको छ ।
किर्तिपुरमा रहेको टियु मैदानमा जारी रहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।
पोखराका लागि कुशल मल्लले ३१ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६१ रनको अर्धशतकिय ईनिङ खेले ।
१० ओभरमा २७ रन मात्र बनाएको पोखरा मल्लको बिष्फोटक ईनिङको सहयोगमा सम्मानजनक योगफल सम्म पुग्यो।
उपुल थरंगाले ४२ रन जोड्दा अन्यले दोहारो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीका लागि श्याड्ली भान स्कलक्लिकले ३ तथा किशोर महतो र गुलसन झाले समान २/२ विकेट लिए ।
पहिलो र दोस्रो खेलमा जित निकालेको लुम्बिनी आजको खेलमा जित निकादै लगातार तेस्रो जित निकाल्न चाहन्छ ।
लुम्बिनी २ खेलमा ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
दुई खेल खेलेर अंक बिहिन पोखरा पहिलो जितको खोजीमा रहेको छ । पोखरा २ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।