काठमाडौं । राजधानीमा जारी टी-ट्वान्टी लिगमा विराटनगर किग्संले जनकपुर रोयल्सलाई जितका लागि १ सय ४१ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा अलआउट हँदै १ सय ४० रन बनायो ।
जनकपुरका लागि सिकन्दर राजाले ३८ रन तथा रोहित कुमार पौडेलले ३२ रन बनाए । हुसेन तलातले २८ रन जोड्दा अर्जुन साउदले १८ रन जोडे ।
जनकपुरका लागि ललित नारायण राजवंशीले ४ ओभरमा ८ रन खर्चिएर ५ विकेट लिए ।
आदिल आलम र केशरिक विलियम्सले समान २/२ विकेट तथा सोमपाल कामीले १ विकेट लिए ।
पहिलो खेलमा पराजित विराटनगर पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा विराटनगर लुम्बिनी अल् स्टारसँग पराजित भएको हो ।
विराटनगर १ खेलमा अंक विहिन रहेर अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
पहिलो खेलमा पोखराविरुद्ध सहज जित निकालेको रोयल्स लगातार दोस्रो जित निकाल्न चाहान्छ । रोयल्स १ खेलमा २ जितका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।