काठमाडौं । पाहुना टोली भारतले बंगलादेशसँगको टेस्ट सिरिजमा क्लिन स्विप गरेको छ ।
भारतले दोस्रो टेस्ट ३ विकेटले जितेसँगै २ खेलको टेस्ट सिरिज पाहुना टोलीले २-० पाहुना टोलीले क्लिन स्विप गरेको हो।
घरेलु टोलीले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले ७ विकेट गुमाएर लक्ष्य भेट्यो ।
पाहुना टोलीका लागि रविचन्द्रन आश्विनले अविजित ४२ रन बनाउँदा अक्षर पटेल ३४ रनमा आउट भए । श्रेयस अय्यर २९ रनमा अविजित रहँदा जयलेव उनादकड १३ रनमा आउट भए ।
घरेलु टोलीका लागि मेहेदी हसन मिराजले ५ तथा कप्तान साकिब अल हसनले २ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पहिलो ईनिङमा २ सय २७ रनमा सबै विकेट गुमाएको थियो ।
घरेलु टोलीका लागि मोनिमुल हकले ८४ रनको अर्धशतकिय पारी खेलेका थिए । मुस्फिकुर रहिम २६ तथा लिन्टन दास २५ रनमा आउट भए ।
नजमल होसेन शान्तोले २४ रन जोड्दा कप्तान साकिब अल हसनले १६ रनको योगदान गरे ।
भ्रमणकारी टोलीका लागि रविचन्द्रन आश्विन र उमेश यादवले समान ४/४ तथा जयदेव उनादकडले २ विकेट लिए ।
पहिलो ईनिङको ब्याटिङमा पाहुना टोलीले ३ सय १४ रन मात्र जोड्न सक्यो । पहिलो ईनिङमा पाहुना टोली ८७ रनले अघि रह्यो ।
पाहुना टोलीका लागि रिषभ पन्त र श्रेयस अय्यरले अर्धशतक बनाए । पन्तले ९३ तथा अय्यरले ८७ रनको योगदान गरे ।चेतेश्वर पुजारा र विराट कोहलीले समान २४/२४ तथा शुभमन गिलले २० रन बनाए ।
घरेलु टोलीका लागि तैजुल इस्लाम र कप्तान साकिब अल हसनले समान ४/४ विकेट लिदाँ तस्कीन अहमद र मेहेदी हसन मिराजले समान १/१ विकेट लिए ।
पहिलो ईनिङमा ८७ रनले पछि परेको घरेलु टोलीले दोस्रो ईनिङमा सबै विकेट गुमाएर २ सय ३१ रन बनायो ।
बंगलादेशका लागि जाकिर हुसेन र लिन्टन दासले अर्धशतकीय ईनिङ खेले । दास ७३ रनमा आउट हुँदा हुसेनले ५१ रन बनाए । टस्कीन अहमदले अविजित ३१ रन बनाउँदा नुरुल हसन ३१ रनमा आउट भए ।
पाहुना टोलीका लागि अक्षर पटेलले ३ तथा रविचन्द्रन आश्विन र मोहम्मद सिराजले समान २/२ विकेट लिए ।