काठमाडौं । राजधानीमा जारी नेपाल टी-ट्वान्टी लिगको आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर रोयल्सलाई जितका लागि १ सय ३९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा अलआउट हुदै १ सय ३८ रन बनाएको थियो ।
पोखराका लागि आसिफ शेखले ५० रनको अर्धशतकिय ईनिङ खेले । सिद्धान्त लोहनीले २९ तथा अमिर हम्जाले १८ रन बनाए । प्रतिश जिशीले २८ रन बनाउँदा उसका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जनकपुरका लागि केसरिक विलियम्स ३ तथा शरफुदिन असरफ,पवन सराफ र ललित राजवंशीले समान २/२ विकेट लिए।
पहिलो खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेल खेल्दै गरेको रोयल्स जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहान्छ ।
पोखरा लिगको अंक तालिकामा बिना अंक तेस्रो स्थानमा रहेको छ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।