काठमाडौं । घरेलु टोली पाकिस्तानले न्युजिल्याण्डविरुद्धको टेस्ट सिरिजका लागि बाबर अजामको कप्तानीमा १९ सदस्सीय टोलीको घोषणा गरिएको छ ।
न्युजिल्यान्डविरुद्धको दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तानले मीर हम्जा, साजिद खान र शाहनवाज दहनीलाई टोलीमा समावेश गरेको छ ।
पूर्व पाकिस्तानी अलराउन्डर शाहिद अफ्रिदीको अध्यक्षतामा रहेको पुरुष अन्तरिम छनोट समितिले गरेको छलफलका आधारमा यो थप गरिएको हो ।
न्युजिल्याण्डविरुद्धको दुई खेलको टेस्ट सिरिज सोमबारबाट सुरु हुनेछ ।
पाकिस्तानको टोली
बाबर आजम (कप्तान), अब्दुल्लाह शफिक्युब, अबरार अहमद, हसन अली, इमाम उल हक, कामरान गुलाम, मीर हम्जा, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वसीम , नसीम शाह, नोमन अली, साजिद खान, आगा सलमान, सरफराज अहमद, साउद सकील, शाहनवाज दहनी, शान मसुद र जाहिद मेहमुद।