काठमाडौं । शनिबारबाट राजधानीमा जारी रहेको नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज आईतबार दुई खेलको आयोजना हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा लिगको पहिलो संस्करण जारी रहेको हो । ।
आजको पहिलो तथा प्रतियोगिताको तेस्रो खेलमा लुम्बिनी अल स्टार र विराटनगर सुपर किंग्सको बीचमा खेल हँदैछ । खेल बिहान ९ः१५ बाट सुरु हुनेछ ।
पहिलो खेल खेल्न लागेको विराटनगर जितका साथ प्रतियेगिताको सुरुआत गर्न चाहान्छ । पहिलो खेलमा फार वेस्टर्न युनाईटेडलाई सहज रुपमा पराजित गरेको लुम्बिनी लगातार दोस्रो जित हात पार्न चाहान्छ ।
पहिलो खेलमा जित हात पारेको लुम्बिनी २ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
आज नै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्स बीच खेल हुदैछ । खेल दिउसो १ः१५ बाट सुरु हुनेछ ।
पहिलो खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेल खेल्दै गरेको रोयल्स जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहान्छ ।
पोखरा लिगको अंक तालिकामा बिना अंक तेस्रो स्थानमा रहेको छ ।
दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।