काठमाडौं । पाकिस्तानका तीव्र गतिका बलर नसिम शाहले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्ट गुमाउने भएका छन् ।
उनलाई काँधमा चोट लागेका कारण तेस्रो टेस्टमा मैदान देखिने भएका छैनन् ।
उनले इङ्ल्यान्डविरुद्ध पहिलो टेस्टमा पाँच विकेट लिएका थिए । जसमा पाकिस्तान ७४ रनले पराजित भएको थियो।
इङ्ल्यान्डविरुद्ध दोस्रो टेस्टका लागि उनलाई टोलीमा समावेश गरिएको थिएन ।
इंग्ल्यान्डले तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।
पाकिस्तान र इंग्ल्यान्डबीचको तेस्रो टेस्ट कराँचीमा शनिबार सुरु हुनेछ ।