काठमाडौं । २०२३ को १६ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आईपीएल)का लागि ४ एसोसिएट राष्ट्रका सहित ४ सय ५ खेलाडीको नाम अन्तिम सूचीमा अटाएको छ ।
सूचीमा २ सय ७३ भारतीय खेलाडी रहँदा १ सय ३२ खेलाडी विदेशी रहेका छन् । सूचीमा भारत बाहेक इंग्ल्याण्डका सर्वाधिक २७ खेलाडी रहेका छन् । दक्षिण अफ्रिकाका २२,अष्ट्रेलियाका २१,वेस्ट ईण्डिजका २०,न्युजिल्याण्ड र श्रीलंकाका समान १०/१० खेलाडी सूचीकृत भएका छन् ।
टेष्ट राष्ट्र जिम्बाबेका २ खेलाडी सूचीमा अटाउँदा आयरल्याण्ड र बंगलादेशका समान ४/४ तथा अफगानीस्तानका ८ खेलाडी यस सूचीमा रहेका छन् । सहभागी दश टिमले बढीमा ८ जना विदेशी खेलाडी राख्न पाउने छन् । एउटा टिमले बढीमा २५ खेलाडी अनुबन्ध गर्न पाउछ ।
यस अक्सनबाट जम्मा ८७ खेलाडी अधिकतम रुपमा विभिन्न टोलीमा अनुबन्धन हुने छन् । जसमा अधिकतम ३० विदेशी खेलाडी विभिन्न टोलीमा अनुबन्धित हुनेछन् ।
सनराईजर्स हैदराबादसँग सबैभन्दा धेरै ४२.२५ करोड भारतीय रुपैया अक्सन खर्चमा उपलब्ध रहँदा उसले ४ विदेशी सहित १३ खेलाडी अनुबन्ध गर्न पाउनेछ ।