काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्व उपकप्तान सीता राना मगरको ब्याटिङ वरीयता यथावत रहेको छ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अपडेट गरेको टी-ट्वान्टी अन्तराष्ट्रिय तर्फको नयाँ वरीयतामा सीता ब्याटिङतर्फ ७२ औं स्थानमा यथावत रहेकी छिन् ।
बलिङतर्फ नेपालकी कविता कुवँरको वरीयता यथावत रहेको छ ।
कविता नयाँ वरीयतामा ९६ औं स्थानमा रहेकी छिन् ।
टी-ट्वान्टीको महिला वरीयतामा नेपाल १७ औं स्थानमा रहेको छ ।