काठमाडौं । चेन्नाई सुपर किंग्स २०१५ तथा २०१६ को दुई संस्करण बाहेक २००८ को पहिलो संस्करणको ईण्डियन प्रिमियर लिग(आइपीएल) देखि २०२२ को १५ औं संस्करणसम्म निरन्तर सहभागीता जनाउदै आएको छ ।
१३ पटकको सहभागीतामा चेन्नाईको टिम चार पटक च्याम्पियन भएको छ । गत संस्करणमा ईतिहासमा नै खराब लयमा रहेको चेन्नाईले ८ अंकका साथमा पुछारबाट दोस्रो (नवौं) स्थानमा रहेर आफ्नो यात्रा सकेको थियो ।
चेन्नाईले २०२३ को आईपीएलको अक्सन अगाडी आफ्ना ८ खेलाडीलाई अक्सनका लागि टिमबाट फुकुवा गरेको छ ।
चेन्नाईबाट फुकुवामा पर्ने ८ खेलाडीमा ३ विदेशी सहित ५ भारतीय खेलाडी रहेका छन् । फकुवामा पर्ने विदेशी खेलाडीमा न्युजिल्याण्डका तीव्र गतिका बलर एडम मिल्ने,वेस्ट इण्डिजका ड्वेन ब्राबो तथा इंग्ल्यनण्डका क्रिस जोर्डन रहेका छन् ।
फुकुवा हुने भारतीय खेलाडीहरुमा रोबिन उथप्पा, हरि निशान्त, क्रिस, भगत बर्मा, केएम आसिफ, नारायण जगदिशन रहेका छन् ।
चेन्नाईको टोलीसँग २०.४५ करोड भारतीय रुपैयाँ अक्सनका लागि बाकीँ रहँदा उसले दुई विदेशी सहित सात खेलाडी टोलीमा अनुबन्ध गर्न बाकीँ रहेको छ ।
९ सय ९१ जना खेलाडीले अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छ । २०२३ को आईपीएलको मिनी अक्सन डिसेम्बर २३ मा हुदैछ । मिनी अक्सन भारतको कोची शहरमा हुनेछ।
चेन्नाईको टोली
अम्बाती रायुडू, दीपक चाहर, डेभन कन्वे, ड्वेन प्रिटोरियस, महेश थिकक्षण,माथिशा पाथिराना,मिचेल सेन्टनर, मोईन अली, एमएस धोनी, मुकेश चौधरी, प्रशान्त सोलन्की, राजवर्धन हन्गर्गेकर, रविन्द्र जडेजा, रुतुराज गायकवाड, शिवम दुबे, सिमरजीत सिंह, शुभ्रान्शु सेनापति र तुषार देशपान्डे