काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले आफ्नो जिम्मेवारीबाट हट्ने भएका छन् ।
नेपाल क्रिकेट संघ(क्यान)का एक पदाधिकारीका अनुसार छुट्टीमा आज भारत फर्कन लागेका प्रभाकर नेपाल फर्कने छैनन् ।
टोली समिकरण नमिलाएको कारण जितको नतिजा निकाल्न नसकेका कारण प्रभाकर पदबाट हट्न लागेका हुन्।
पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्धमा विभिन्न प्रश्न चिन्ह आईरहेको समयमा प्रभाकरले जिम्मेवारीबाट हट्ने निर्णय लिएका हुन् ।
तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो ।
भारतका पूर्व अलराउण्डर प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । उनले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरिसकेका छन् ।
उनले रणजी ट्रफी टिम दिल्लीसँगै राजस्थान र युपी क्रिकेट एसोसियनको प्रशिक्षक भएर काम गरिसकेका छन्।