काठमाडौं । नेपालका थप दुई क्रिकेट खेलाडी पाकिस्तान सुपर लिग(पीएसएल) ड्राफ्टमा परेका छन् ।
नेपालका ओपनर कुशल भुर्तेल र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पीएसएल ड्राफ्टको विदेशी खेलाडीको गोल्डेन क्याटागोरीमा परेका हुन् ।
केही दिन अघि विदेशी खेलाडीको सिल्भर क्याटागोरीमा नेपालका पाँच खेलाडी रहन सफल भएका थिए ।
विकेट किपर तथा ओपनरद्वय अर्जुन साउद र सुवास खकुरेल, फास्ट बलर सोमपाल कामी ,अफस्पिन अलराउण्डर पवन सर्राफ र फास्ट बलिंग अलराउण्डर आदील अन्सारी ड्राफ्टमा परेका थिए ।
आईतबार जारी ड्राफ्ट सूची सहित नेपालका सात खेलाडी पीएसएल ड्राफ्टमा परेका छन् ।
२०२३ का लागि हुने पीएसएलको खेलाडी ड्राफ्ट आगामी १५ डिसेम्बरमा रहेको छ ।
आगामी वर्षको फेब्रुअरी ९ बाट प्रतियोगिता सुरु हुने भए पनि खेल तालिका भने सार्वजनिक भएको छैन ।