काठमाडौं । भारतका युबा ओपनर ईशान किशनले शानदार रुपमा ऐतिहासिक दोहोरो शतक बनाएसँगै घरेलु टोली बंगलादेश भारतसँग पराजित भएको छ ।
चितग्राममा शनिबार भएको खेलमा भ्रमणकारी टोलीले २ सय २७ रनको सहज जित हात पारेको हो ।
किशनले सबैभन्दा कम बलमा दोहोरो शतक बनाएका हुन् । किशनले १ सय २६ बलमा दोहोरो शतक बनाएका थिए । २०१५ मा वेस्ट इण्डिजका ब्याटर क्रिस गेलले जिम्बाबेकाविरुद्ध १ सय ३८ बलमा दोहोरो शतक बनाएका थिए ।
दोहोरो शतक बनाउने क्रममा किशनले २३ चौका र ९ छक्का प्रहार गरेका थिए ।
ईशान किशन एकदिवसीयमा दोहोरो शतक प्रहार गर्ने विश्वका सातौं खेलाडी हुन् । रोहित शर्मा, सचिन तेन्दुलकर, क्रिस गेल, मार्टिन गुप्टिल, विरेन्द्र सहवाग र फखार जमानले दोहोरो शतक प्रहार गरेका थिए ।
भारतले दिएको ४ सय १० रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ३४ ओभरमा १ सय ८२ रनमा अलआउट भयो ।
बंगलादेशका लागि साकिब अल हसनले ४३ तथा कप्तान लिन्टन दासले २९ रन बनाए । यासिर अलि २५ तथा मेहमुदुल्लाह २० रनमा आउट भए ।
भारतका लागि शार्दुल ठाकुरले ३ तथा अक्षर पटेल र उमरान मल्लिकले समान २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर ४ सय ९ रन बनाएको हो । भारतका लागि ईशान किशनले १ सय ३१ बलमा २ सय १० रन बनाएका थिए ।
दोहोरो शतक बनाएका किशनले २४ चौका तथा १० छक्का प्रहार गरेका थिए ।
विराट कोहलीले ९१ बलमा ११ चौका र २ छक्काको सहायतामा १ सय १३ रनको शतकीय ईनिङ खेले । वासिङ्टन सुन्दरले ३७ रन जोड्दा अक्षर पटेलले २० रन जोडेका थिए ।
घरेलु टोलीका लागि साकिब अल हसन,टस्किन अहमद र इबाडोट हुसेनले समान २/२ तथा मेहेदि हसन र मुस्ताफिजुर रहमानले समान १/१ विकेट लिए ।
हारका बाबजुत तीन खेलको एकदिवसीय सिरिज घरेलु टोलीले २-१ ले जितेको छ । भारतले आजको खेलमा जित हासिल गरि सिरिज क्लिन स्विप हुनबाट जोगाएको छ ।