काठमाडौं । पीएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज बिहीबार पहिलो सेमिफाइनल खेल हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लब र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
एपीएफ क्लब समूह 'ए' को विजेता तथा मधेश समूह 'बी' को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।
समूह चरणमा एपीएफ अपराजित रहेकोमा एक खेल टाई खेलेको थियो । मधेशले समूह चरणका ४ खेलमा २ मा जित,१ टाई र १ खेलमा हार व्यहोरेको थियो ।
आज दुबै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेको छ ।
दोस्रो सेमिफाइनलमा शुक्रबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी खेल्नेछन् ।
प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।