काठमाडौं । ईण्डियन प्रिमियर लिग (आईपीएल) को मिनी अक्सन डिसेम्बर २३ मा हुने भएको छ ।
आईपीएलले मंगलबार मिनी अक्सन डिसेम्बरमा हुने जानकारी गराएको हो ।
मिनी अक्सन भारतको कोची शहरमा हुनेछ।
प्रत्येक टोलीसँग खर्च गर्न थप ५ करोड भारु हुनेछ । जसले समग्र अक्सन पर्स ९५ करोड भारु बनाउनेछ।
आईपीएलले यस अघि नै १० फ्रेन्चाइज टोलीलाई नोभेम्बर १५ सम्ममा रिटेन खेलाडीको सूची पेश गर्न समय दिएको छ ।