काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको आईसीसी टी-ट्वान्टी ब्याटिङतर्फको वरीयतामा एक स्थानको सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो ।
नयाँ वरियतामा दीपेन्द्र ५८ औं स्थानमा छन् । ब्याटिङतर्फ नै कुशल भुर्तेल ५४ औं स्थानमा यथावत रहेका छन् ।
दीपेन्द्रको अलराउन्डरतर्फको वरियता भने एक स्थान घटेको छ । नयाँ वरीयतामा दीपेन्द्र १४ औं स्थानमा झरेका छन् । यस अघि उनी १३ औं स्थान रहेका थिए ।
बलिङतर्फ सन्दीप लामिछाने भने २ स्थान सुधार गरेर ७० औं स्थानमा रहेका छन् ।
ब्याटिङतर्फ भारतका सुर्य कुमार यादव शीर्ष स्थानमा रहेका छन् ।
बलिङमा श्रीलंकाका वानिन्दु हसरंगा शीर्ष स्थानमा रहदा अलराउण्डर तर्फ भने शाकिब अल हसन शीर्ष स्थानमा रहेका छन् ।
टी-ट्वान्टी वरीयता नेपाल १६ औं स्थानमा यथावत रहेको छ ।