काठमाडौं । राजधानीमा जारी पीएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दुबै सेमिफाइनल खेल कीर्तिपुरको टियु मैदानमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले मंगलबार एक विज्ञप्ती निकाल्दै दुबै सेमिफाइनल टियुमा हुने जानकारी दिएको छ ।
यस अघि मुलपानी क्रिकेट मैदानमा कात्तिक २४ मा तय भएको नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मीबीचको दोस्रो सेमिफाइनल अब कात्तिक २५ गते टियुमा हुने भएको छ ।
नेपाल एपीएफ र मधेश प्रदेशबीचको पहिलो सेमिफाइनल भने कात्तिक २४ गते नै हुनेछ ।
प्रतियोगिताको फाइनल खेल कात्तिक २६ गते शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।