काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई जितका लागि २ सय ५५ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनायो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित रहदै सर्वाधिक ३७ रन बनाए ।
कुशल मल्ल र रोहित पौडेलले समान ३५/३५ रन जोडे । हरि चौहानले ३१ रन जोड्दा अर्जुन साउदले २० रन बनाए ।
राजेश पुलामी २८ रनमा अविजित रहदा अनिल मण्डल १७ रनमा आउट भए ।
कर्णालीका प्रकाश जैसीले ३ विकेट लिए । दीपेन्द्र रावतको नाममा २ विकेट रह्यो ।