काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश-१लाई जितका लागि २ सय ९१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायो ।
लुम्बिनीका लागि कप्तान देव खनालले ८९ रनको अर्धशतकीय इनिङ खेले ।
आकाश त्रिपाठीले ४५ रन जोड्दा सन्दीप रजालीले ४४ रन बनाए ।
विशाल बिक्रम केसीले ३२ र कृष्ण कार्कीले ३१ रन बनाए । बसिर अहमेदले १३ रन जोडे ।
प्रदेश-१ का दिपक जोशीले ४ तथा सर्वन यादवले २ विकेट लिए ।