काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीका पराजित भएको छ ।
एडिलेटमा आइतबार भएको खेलमा दक्षिण अफ्रीकालाई नेदरल्यान्ड्सले १३ रनले हराएको हो ।
नेदरल्यान्ड्सले दिएको १ सय ५९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रीकाका लागि रिली रस्सोले २५ रन जोड्दा कप्तान टेम्बा बाभुमाले २० रन बनाए ।
हेन्रिच क्लासेनले २१ तथा डेभिड मिलर र एडिन मार्क्रमले समान १७/१७ रन बनाए ।
नेदरल्यान्ड्सका ब्राण्डोन ग्लोभरले ३ तथा बास डी लिड र फ्रेड क्लासेनले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो ।
नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले अविजित रहदै ४१ रन जोडे ।
स्टेफान ब्रोघले ३७ रन जोड्दा टम कुपरले ३५ रन बनाए । म्याक्स ओ'डोडले २९ रन जोडे ।
दक्षिण अफ्रीकाका लागि केशव महाराजले २ तथा एन्रिच नोर्किया र एडिन मार्क्रमले १/१ विकेट लिए ।
नेदरल्यान्ड्ससँगको हारसँगै दक्षिण अफ्रीकाको सेमिफाइनल यात्रा कठिन बनेको छ ।
दक्षिण अफ्रीका ५ खेलमा ५ अंक जोडेर समूह २ को दोस्रो स्थानमा छ ।
यस समूहबाट ६ अंक जोडेर भारत सेमिफाइनलमा पुगिसकेको छ ।
दक्षिण अफ्रीकाको सेमिफाइनल यात्रा पाकिस्तान र बंगलादेशबीचको खेलले निर्धारण गर्नेछ ।
पाकिस्तान ४ अंक जोडेर तेस्रो र बंगलादेश ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
नेदरल्यान्ड्स ४ अंक जोडेर चौंथो र जिम्बावे ३ अंक जोडेर पुछारमा रहेको छ ।