काठमाडौं । विभागीय टोली एपीएफ क्लब पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो ।
एपीएफले दिएको २ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा अलआउट हुँदै ९० रन मात्र बनाउन सक्यो ।
कर्णालीका लागि रविन्द्र शाहीले ८० रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै विपिन शाहीले ३४ रन जोड्दा अर्जुन घर्तिले २४ तथा दिनेश अधिकारीले २० रन बनाए ।
एपीएफका मौसम ढकालले ४ विकेट लिए । कमल ऐरी र भुवन कार्कीले २/२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो।
एपीएफका लागि आसिफ शेखले १ सय ३० रनको शतकीय इनिङ खेले ।
यस्तै भुवन कार्कीले २३ रन जोड्दा प्रदिप ऐरीले २० रन बनाए । लोकेश बम र दीपक बोहराले १०/१० रन बनाए ।
कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले ३/३ विकेट लिए । दिवन पुनले २ विकेट लिए ।
यस जितसँगै एपीएफले समूह 'ए' बाट सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
एपीएफले ४ खेलमा ७ अंक जोडेको छ ।
एपीएफ शीर्ष स्थानमा रहेको छ ।
कर्णालीको यो लगातार दोस्रो हार हो ।