काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि २ सय ६० रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ५९ रन बनायो ।
मधेशका लागि हरिशंकर साह, सन्तोष कार्की र अनिल साहले अर्धशतकीय इनिङ खेले ।
कप्तान हरिशंकरले ७६ रन बनाए भने सन्तोष र अनिलले समान ५०/५०रन बनाए ।
विवेक यादवले २१ रन जोड्दा मोहम्मद आदीलले १२ तथा इमरान शेखले १० रन बनाए ।
लुम्बिनीका कृष्ण कार्कीले ३ तथा अनिल खरेलले २ विकेट लिए ।