काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले कर्णाली प्रदेशलाई जितका लागि २ सय ३५ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनायो ।
एपीएफका लागि आसिफ शेखले १ सय ३० रनको शतकीय इनिङ खेले ।
यस्तै भुवन कार्कीले २३ रन जोड्दा प्रदिप ऐरीले २० रन बनाए । लोकेश बम र दीपक बोहराले १०/१० रन बनाए ।
कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले ३/३ विकेट लिए । दिवन पुनले २ विकेट लिए ।