काठमाडौं । नाबालिगलाई बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ ।
अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजालसमा जारी सुनुवाइमा शुक्रबार जवाफी बहस सकिएको हो । जवाफी बहस सकिएसँगै कारागार पठाउने या रिहा गर्नेबारे आजै आदेश आउने छ ।
अदालतमा शुक्रबार सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेका थिए ।
बिहीबार सन्दीपको पक्षका बहस सकिएपनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।