काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिम प्रदेशलाई जितका लागि २ सय ८३ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनायो ।
आर्मीका लागि अर्जुन साउदले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेले ।
अर्धशतकीय इनिङ खेलेका रोहित पौडेलले ५२ रन जोडे ।
त्यस्तै कुशल मल्लले ४३ रन जोड्दा भिम शर्कीले ३४ तथा कप्तान विनोद भण्डारीले २८ रन बनाए ।
बिक्रम सोब १५ रनमा अविजित रहदा सोनु तामाङ १६ रनमा आउट भए ।
सुदुरपश्चिमका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले २/२ विकेट लिए ।