काठमाडौं । मधेश प्रदेशले पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा प्रदेश-१ लाई ७२ रनले हराउँदै मधेशले सुखद सुरुआत गरेको हो ।
मधेशले दिएको २ सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश-१ ले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ४२ रन मात्र बनाउन सक्यो ।
प्रदेश-१ का लागि लुभ कामतले सर्वाधिक २९ रन बनाए । विवेक आनन्द मेहेताले २५ रन जोड्दा फिर्दोश अन्सारीले २२ रन जोडे ।
मधेशका लागि आदील आलम, रुपेश सिंह, प्रदिप पासवान र विशाल सुलिङले २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ४८ ओभर १ बलमा अलआउट हुँदै २ सय १४ रन बनाएको थियो ।
मधेशका लागि अनिल शाहले ६१ रनको अर्धशतकीय इनिङ खेले । विवेक यादवले ३२ रन जोड्दा रुपेश सिंहले ३० रन बनाए ।
रोहन बिकले २८ रन जोडे भने कप्तान हरिशंकर शाहले १५ रन बनाए ।
प्रदेश-१ का फिर्दोश अन्सारीले ५ विकेट लिए । सिदान्त लोहनीको नाममा ३ विकेट रह्यो ।
यस जितसँगै समूह 'बी' मा रहेको मधेशले १ खेलमा २ अंक जोडेको छ ।
प्रदेश-१ ले ३ खेलमा २ अंक जोडेको छ ।