काठमाडौं । पाकिस्तानका ब्याट्सम्यान फखर जमानले टी-ट्वान्टी विश्वकपको बाँकी खेल गुमाउने भएका छन् ।
घुँडाको चोटको कारण जमानले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् ।
नेदरल्यान्ड्सविरुद्धको खेलमा जमानले चोट बोकेका थिए ।
पाकिस्तानले जमानको स्थानमा मोहमद हरिसलाई टिममा बोलाएको छ ।
विश्वकपको महत्वपूर्ण खेलमा आज पाकिस्तानले दक्षिण अफ्रीकासँग खेल्दैछ ।