काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेटमा सुदुरपश्चिम प्रदेशले एपीएफ क्लबलाई जितका ६८ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा मंगलबार पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २७ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो।
मैदान ओसिलो भएपछि ढिला खेल सुरु हुँदा खेल ४३ ओभरमा झारिएको थियो ।
सुदुरपश्चिमका लागि कप्तान राजु रिजालले सर्वाधिक २४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।
सुदुरपश्चिमलाई सस्तैमा समेट्न एपीएफका भुवन कार्कीले ४ विकेट लिए ।
कमल ऐरी र मौषम ढकालले २/२ विकेट तथा किशोर महतो र अमर सिंह रौटेलाले १/१ विकेट लिए ।